पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागिय टोली एपीएफ क्लबले स्वर्ण जितेको छ।
बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।
स्याङ्गजाको वालिङ्गमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काईन् ।
कास्य पदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कास्य पदकका लागि भएको खेलमा आर्मी क्लबले प्रदेश एक पराजित गरेको थियो ।