सिटीसँग म बिनाको भविष्यको रणनीति छ - ग्वार्डीओला
आइतबार, असोज १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले आफुले छाडेपनि भविष्यको बारेमा क्लबको रणनीति रहेको बताएका छन् ।
५१ वर्षीय ग्वार्डीओलाको सिटीसँगको सम्झौता अन्तिम वर्षमा रहेको छ । यद्दपी उनले क्लब छाड्ने कुनै संकेत गरेका छैनन् ।
'अर्को चरण पुग्ने लक्ष्य के हो ? क्लबलाई ठ्याक्कै थाहा छ,' सिटीको भविष्यको बारेमा सोध्दा उनले भने।
उनी २०१६ मा बायर्न म्युनिखबाट सिटी आएका थिए । उनले तीन वर्षको सम्झौता गरेका थिए । त्यसपछि उनले दुई पटक सम्झौता नवीकरण गरिसकेका छन् ।
'त्यहाँ समस्या जिरो छ । म शतप्रतिशत विश्वस्त छु। उनीहरूलाई थाहा छ रणनीति के हो । उनीहरूले अहिले के गर्नुपर्छ, भोलि, विश्वकप पछि, अर्को सिजन र अर्को सिजन,' उनले थपे ।
ग्वार्डीओलाले सिटीलाई चार प्रिमियर लिग उपाधि सहित ९ मुख्य उपाधि दिलाएका छन् ।
सिटीसँग म बिनाको भविष्यको रणनीति छ - ग्वार्डीओला






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
