इन्डोनेसियामा फुटबल खेलपछि भएको हिंसा र भागदौड हुँदा १२९ जनाको मृत्यु
आइतबार, असोज १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियाको जाभा प्राप्तमा फुटबल खेलपछि भएको हिंसा र भागदौडमा १ सय २९ जनाको मृत्यु भएको छ।
उक्त हिंसामा १ सय ८० जना घाइते भएको गार्जियनले जनाएको छ ।
इन्डोनेसियाको शीर्ष डिभिजनको लिग वान फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि उक्त हिंसा भएको थियो । खेलमा अरेमा ३-२ ले पराजित भएपछि समर्थकहरु एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए ।
त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै हिंसा नियन्त्रण गर्ने क्रममा भागदौड भएको थियो ।
३४ जनाको कन्जुरुहान रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो ।
घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।
इन्डोनेसियामा फुटबल खेलपछि भएको हिंसा र भागदौड हुँदा १२९ जनाको मृत्यु






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

