एभर्टनलाई जरिवाना
शनिबार, १५ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लबले एभर्टनलाई ३ लाख पाउण्ड जरिवाना गरेको छ ।
प्रिमियर लिग अन्तर्गत गत मे महिनामा क्रिस्टल प्यालेसविरुद्धको खेलपछि समर्थकहरु मैदान प्रवेश गरेको विषयमा जरिवाना गरिएको हो ।
उक्त खेलमा एभर्टनले क्रिस्टललाई ३-२ ले हराएको थियो । जुन जितले एभर्टन रेलिगेसन हुनबाट जोगिएको थियो ।
जितपछि ठुलो संख्यामा एभर्टन समर्थकहरु उत्सव मनाउन मैदान प्रवेश गरेका थिए ।
मैदानमा अमर्थकहरुले हिंसात्मक व्यवहार गरेको बताईएको छ ।
एभर्टनले गुडिसन पार्कको भिडलाई नियन्त्रण गर्न नसकेको स्वीकार गरेको छ ।
एभर्टनलाई जरिवाना













