नेपाली यू-१७ फुटबल टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू-१७ फुटबल टोलीलाई बिदाइ गरेको छ ।
एन्फाले शनिबार एएफसी यू-१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो ।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे ।
नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
नेपाली टिम :
गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान ।
डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, आश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।
मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्सम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके ।
फरवार्ड : सुबास बम, सिर्जल राई






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

