महिला साफको प्राविधिक कमिटिले बुझायो प्रतिवेदन
शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।
प्राविधिक कमिटिले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रतिवेदन बुझाएको हो ।
कमिटीले बुझाएको प्रतिवेदनमा च्याम्पियनसिपमा नेपालको प्रदर्शनको विश्लेषण गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना भएको थियो।
प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
फाइनलमा नेपाललाई ३-१ ले हराएर बंगलादेश च्याम्पियन बनेको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।
महिला साफको प्राविधिक कमिटिले बुझायो प्रतिवेदन










-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)




