शारिरिक सुगठन : प्रदेश एकबाट १० जना छानिए

इटहरी । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडी मध्येबाट दश जना छनौटमा परेका हुन ।
बिहीबार भएको फाइनल राउण्डमा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडीले ५५ केजी, ६० केजी , ६५ केजी, ७० केजी , ७५ केजी , ८० केजी र ८० केजीभन्दा माथीको तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताको ५५ केजी तौल समूहमा अजय राजवंशी (झापा) , ६० केजी तौल समूहमा सन्देश राई (झापा) , ६५ केजी तौल समूहमा मनोज कटृवाल( उदयपुर) ७० केजी तौल समूहमा पवन भट्टराइ (पाँचथर) ७५ केजी तौल समूहमा निखिल ताम्राकार (उदयपूर) ८०केजी तौल समूहमा शौरभ मगर (मोरङ) , ७० केजी मुनी मेन फिजिक्समा अवतार श्रेष्ठ (सुनसरी) ७० केजी भन्दा माथि तोल समुहमा देवराज पराजुली ( खोटाङ) ,ओमेन फिजिक्समा रुपा तामाङ (सुनसरी) र ओमेन बडीबिल्डरमा रजनी श्रेष्ठ छनौट भएको छनौट समितिले जानकारी दिएको छ ।
छनौट प्रतियोगितामा राष्ट्रिय स्तरका निर्णायकहरु शिव मुखिया, पुष्प श्रेष्ठ, नवनित प्रधान, कवीरराज प्रधान , हरि धिमाल, दिपेश पाठक, अशोक पाठक , सिजर राजभण्डारी , सोम पोखरेल र शारदा दाहाल रहेका थिए ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाई, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भूर्तेल, राष्ट्रिय खेलकुद परिषद शारीरिक सुगठन प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, शारीरिक सुगठनका केन्दीय उपाध्यक्ष रणबहादुर थेवे ,शारीरिक सुगठनका केन्दीय सदस्य दिपेन चौधरी, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, अध्यक्ष प्रकाश शिवाकोटी , धर्म श्री फस्ट रनरअप ललित धिमाल , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताका संयोजक चण्डीका वाँस्तोलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतियोगिता छनौट सचिवालय सदस्य दुर्गाराज निरौलाले गरेका थिए ।