• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
नवौंको ‘काउन्टडाउन’ सुरु, ३६ वटै खेल आयोजना स्थलको टुंगो
नारायण क्षेत्री
बुधबार, भदौ २९, २०७९ नारायण क्षेत्री
नवौंको ‘काउन्टडाउन’ सुरु, ३६ वटै खेल आयोजना स्थलको टुंगो

पोखरा  । आगामी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल आयोजना स्थलको टुंगो लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि ३६ वटै खेल स्थलको टुंगो लागेको जानकारी गराएको हो । ११ वटै जिल्लाको भ्रमण पश्चात खेल स्थल टुंगो लागेको राखेपका सदस्य एवं खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए । विविध कठिनाइले मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा भने प्रतियोगिता आयोजना गर्न नसकिएको उनले बताए ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रक्रियागत रुपमा कामहरु धेरै अगाडि बढेको बताउँदै नवौं राष्ट्रिय खेलकुद भव्यरुपले सफल हुने विश्वास व्यक्त गरे । नयाँ खेलकुद ऐन बनेपछिको पहिलो खेल भएकाले पनि सबै मिलेर प्रतियोगितालाई सफल बनाउनुपर्ने उनको भनाइ छ ।

परिषद्ले प्रतियोगिताको नतिजा सहजै रुपमा उपलब्ध गराउने उद्देश्यले www.ninth.nsc.gov.np आधिकारिक वेभसाइट सार्वजनिक गरेको छ । त्यस्तै नेसनल स्पोर्ट्स काउन्सिल एप पनि सञ्चालनमा ल्याएको छ । वेभसाइट र एपको बुधबार  नै मन्त्री गहतराजले शुभारम्भ गरे ।

प्रतियोगिताको ‘काउन्ट डाउन’ सुरु भइसकेकाले तयारी तीव्र पारिएको सदस्य सचिव एवं मुल आयोजक समितिका संयोजक टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको ट्रफि भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेपछि असोज १ गते सुदूरपश्चिमबाट सुरु गरी विभिन्न ७ वटै प्रदेशहरुमा पदर्शनी गरिने छ । जसका लागि ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल समेत गठन भइसकेको छ ।

त्यस्तै तीन विभागीय टिममा समेत प्रदर्शन गरिने प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र बिष्टले जानकारी दिए । पहिलो पटक खेलाडीहरुका लागि अनलाइन दर्ता सुरु गरिएको पनि परिषद्ले जनाएको छ ।

सातवटै प्रदेश, तीन विभागीय र गैर आवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिमको सहभागिता रहने प्रतियोगितामा कुल ३ सय ९३ स्वर्ण, ३९३ रजत र ६ सय कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP