काठमाडौं । टर्किस क्लब बेसिकाट्सले इंग्ल्यान्डका मिडफिल्डर डेली अलीलाई अनुबन्ध गरेको छ ।
टर्किस क्लबले अलीलाई प्रिमियर लिग क्लब एभर्टनबाट लोनमा अनुबन्ध गरेको हो ।
बेसिकाट्सले मिडफिल्डर अलीलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
अली गत सिजन टोटेनहमबाट एभर्टन आएका थिए ।
२६ वर्षीय मिडफिल्डर अलीले एभर्टनसँग २ वर्षको सम्झौता गरेका थिए ।
अली ७ वर्ष टोटेनहममा बिताएर एभर्टन आएका थिए ।
उनले एभर्टनका लागि १३ खेल खेलेका छन् ।