काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
स्पेनिस पत्रिका मार्काले फरवार्ड बेन्जिमाले सम्झौता नवीकरण गरेको जनाएको छ ।
बेन्जिमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गरेको मार्काले जनाएको छ । रियलले सम्झौताबारे चाडै आधिकारिक रुपमा सार्वजनिक गर्ने मार्काले जनाएको छ ।
यस अघि फ्रेन्च फरवार्ड बेन्जिमाको रियलसँगको सम्झौता २०२३ सम्म रहेको थियो ।
३४ वर्षीय बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए ।
बेन्जिमाले गत रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
बेन्जिमा रियलको सर्वाधिक गोलकर्ताको शीर्ष पाँचमा पर्छन ।
बेन्जिमाले रियलका लागि ४ सय १७ ला लिगा खेलमा २ सय २० गोल गरेका छन् ।
बेन्जिमाले रियलबाट २१ मुख्य उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग र ४ ला लिगा रहेको छ ।