काठमाडौं । महिला साफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेका छन् ।
भुटानको टोली बिहीबार बिहान भुटान एअरलाइन्सको विमानबाट नेपाल आईपुगेका हुन् ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
महिला साफ खेल्न नेपाल आउने भुटान पहिलो टिम हो । भुटान समूह ‘बी’ मा रहेको टोली हो । यो समूहमा श्रीलंका र नेपाल रहेका छन् ।
भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा हुँदैछ ।
प्रतियोगितामा नेपाल सहित ७ टिमले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । भखैरै प्रतिबन्धमा परेको भारतीय टिमको सहभागीता अनिश्चित छ ।