काठमाडौं । फ्रेन्च क्लब मार्सेले डिफेन्डर एरिक बिलीलाई लोनमा अनुबन्ध गरेको छ ।
मार्सेले बिलीलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडबाट अनुबन्ध गरेको हो ।
मार्सेले बिलीलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
युनाईटेडले स्थायी खेलाडीको रुपमा अनुबन्धका लागि समेत बिकल्प दिएको छ ।
मार्सेमा बिलीले ३ नम्बरको जर्सी लगाउने छन् ।
आइभरी कोस्टका बिली २०१६ मा भिल्ला रियलबाट युनाईटेड आएका थिए ।
२८ वर्षीय बिली पछिल्लो समय युनाईटेडको टिममा पर्न असफल हुँदै आइरहेका थिए ।
पछिल्लो पाँच सिजन उनले ४५ प्रिमियर लिग मात्र खेलेका थिए ।