मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

मलेसियामा नेपालका पारस उत्कृष्ट

सोमबार, ०६ भाद्र २०७९खेलपाटी संवाददाता
मलेसियामा नेपालका पारस उत्कृष्ट
Classic Tech Internet Ad

काठमाडौं । नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् ।

ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् । उनले ग्योरोगीको महिला ४२ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी महिला ५९ केजी तौल समूहमा सुभांगी श्रेष्ठले कांस्य पदक जितिन् । सिनियर ग्योरोगीतर्फ नेपालले दोस्रो स्थान हात पारेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपमा ग्योरोगीतर्फ नेपालले तीन स्वर्ण, तीन रजत र सात कांस्य पदक जितेको थियो ।

यसअघि नेपालका अभिषेक बराल र आशुतोष बरालले स्वर्ण जितेका थिए । अभिषेकले पुरुष ८० केजी र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । यसैगरी पुजन खड्का, सुरज कार्की र अबास खानले रजत तथा पूजा कुँवर, अभिषेक डल्लाकोटी, श्रीचन्द्र कार्की, अफ्ताव खान र ज्वालासिंह गुरुङले कांस्य पदक जितेका थिए ।

यसैगरी पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जितेका थिए । नेपाली खेलाडीले अब भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने  छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

Bajaj Pulsar Motorcycle Ad
मलेसियामा नेपालका पारस उत्कृष्ट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा