एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो टेष्ट क्रिकेटमा न्युजिल्यान्डले जित हासिल गरेको छ । आबुधाबीमा सोमबार सम्पन्न पहिलो टेष्ट क्रिकेटमा न्युजिल्यान्डले ४ रनको जित हासिल गरेको हो ।
पहिलो टेष्टको जितसंगै न्युजिल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेष्ट शनिबार सुरु हुनेछ ।
शेख जायद स्टेडियममा न्युजिल्यान्डले दिएको १७६ रनको सामान्य लक्ष्य पाकिस्तानले पुरा गर्न सकेन । न्युजिल्यान्डका बलर हाबी भएपछि पाकिस्तानले आफ्नो दोस्रो इनिङसमा ५८ ओभर ४ बल खेल्दै अलआउट भएर १७१ रन मात्र जोड्न सक्यो ।
पाकिस्तानका लागि अजहर अलीले ६५ रनको अर्धशतकीय इनिङस खेल्दा असाद साफीकले ४५ रन जोडे । न्युजिल्यान्डका अजाज युनुस पटेलले ५ विकेट लिए ।
यसअघि पहिलो इनिङसमा पाकिस्तानले अलआउट हुँदै २२७ रन जोडेको थियो ।
न्युजिल्यान्डले पहिलो इनिङसमा १५३ रन जोडेको थियो । आफ्नो दोस्रो इनिङसमा न्युजिल्यान्डले २४९ रन जोड्दै पाकिस्तानलाई १७६ रनको सामान्य लक्ष्य दिएको थियो ।