काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पोल्याण्डले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो ।
पोल्याण्डले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको ५२ औं मिनेटमा जोनी विलियम्सले गोल गर्दै वेल्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,७२ औं मिनेटमा जाकुब कमिन्स्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा कारोल स्विडेर्स्कीले गोल गर्दै पोल्याण्डलाई २-१ को जित दिलाए ।
यस जितसँगै लिग ए समूह ४ को पोल्याण्डले ३ अंक जोडेको छ ।
पोल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
वेल्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।