काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका अट्याकिङ मिडफिल्डर जेसे लिंगार्डले क्लब छाडेका छन्।
युनाईटेडले बुधबार मिडफिल्डर लिंगार्डले क्लब छाडेको जनाएको छ ।
२९ वर्षीय लिंगार्डको युनाईटेडसँगको सम्झौता आगामी जुन ३० सम्म रहेको छ ।
इंग्ल्यान्डका लिंगार्डले युनाईटेडका लागि २ सय ३२ खेलमा ३५ गोल गरे ।
लिंगार्डले इंग्ल्यान्डका लागि ३२ खेल खेलिसकेका छन् ।
लिंगार्डले गत सिजन वेस्ट ह्यामबाट लोनमा खेलेका थिए ।
यस अघि युनाईटेडले पाउल पोग्बाले क्लब छाडेको जनाएको थियो ।