काठमाडौं । कम्युनिटी शिल्डको फाइनल खेल लेस्टर सिटीको मैदान किङ्स पावर स्टेडियममा हुने भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले बुधबार कम्युनिटी शिल्डको उपाधि भिडन्त किङ्स पावर स्टेडियममा हुने जनाएको छ ।
कम्युनिटी शिल्डको उपाधिका लागि म्यानचेस्टर सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।
कम्युनिटी शिल्डको उपाधिका लागि प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन । सिटीले प्रिमियर लिग जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।
सिटी र लिभरपुलबिह्को फाइनल खेल जुलाई ३० मा हुनेछ ।