काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छाडेका छन् ।
प्रिमियर लिग क्लबले बुधबार मिडफिल्डर पोग्बाले क्लब छाडेको जनाएको छ ।
फ्रान्सेली मिडफिल्डर पोग्बाको युनाईटेडसँगको सम्झौता जुन ३० सम्म रहेको छ ।
२९ वर्षीय पोग्बा २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।
युनाईटेडको एकेडेमीमा हुर्किएका पोग्बा २०१२ मा इटाली गएका थिए।
पोग्बाले युनाईटेडका लागि २ सय २६ खेल ३९ गोल गरेका थिए।