एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले क्लब छाड्ने निर्णय गरेका छन् । एक रिलिज जारी गर्दै बेलले क्लब छाड्ने घोषणा गरेका हुन् ।
'यो एक अविश्वसनीय अनुभव रह्यो । म यो कहिल्यै भुल्ने छैन ।' उनले भनेका छन् ।
उनी नौं वर्षअघि टोटेनहमबाट रियल मड्रिड आएका थिए । यस सिजनको अन्त्यसँगै बेल प्रिमियर लिग फर्कने चर्चा थियो ।
उनी सन् २०१३ मा ८० मिलियन पाउण्डमा रियल मड्रिड आएको थिए । उनी रियलमा रहदा २ सय ५८ खेलमा १ सय ६ गोल गर्नुका साथै ६७ गोलको अवसर सिर्जना गरे ।