• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इटाली भर्सेस अर्जेन्टिना : कसले मार्ला बाजी ?
खेलपाटी संवाददाता
बुधबार, जेठ १८, २०७९ खेलपाटी संवाददाता
इटाली भर्सेस अर्जेन्टिना : कसले मार्ला बाजी ?

काठमाडौं ।  कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले बुधबार बहुप्रतिक्षित च्याम्पियन्स कप (फाइनालिसिमा) मा युरोकपको विजेता इटालीसँग खेल्दैछ । सो खेल नेपाली समय अनुसार राति १२:३० बजे ऐतिहासिक वेम्बली स्टेडियममा हुदैछ ।  

दुबै टोलीसँग आ-आफ्नो स्तरको प्रभावशाली खेलाडी छन् र आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्यमा हुनेछन् ।

इटाली कतार विश्वकप २०२२ का लागि छनोट हुन असफल भएको थियो । आज उसलाई आफु किन युरोपियन च्याम्पियन हो भन्ने प्रमाणित गर्न ठूलो चुनौती छ । अज्जुरीले आफ्नो अघिल्लो खेलमा टर्कीलाई ३-२ ले जितेको थियो । यस खेलमा पनि सोहि लयलाई कायम राख्न खोज्नेछ।

अर्कोतर्फ, अर्जेन्टिनाले लियोनेल स्कालोनीको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विगत एक वर्षमा अर्जेन्टिना जति बलियो देखिएको छ उसको तुलनामा सायदै अरु कुनै राष्ट्र होलान । अल्बिसेलेस्ट्स आफ्नो पछिल्लो खेलमा इक्वेडरसँग  १-१ को बराबरीमा रोकिएको थियो । उसले 'बाउन्स ब्याक' गर्न हर सम्भव प्रयास गर्नेछ । 

के युरोपेली च्याम्पियन र कोपा अमेरिका विजेताले आधिकारिक फाइनालिसिमामा पहिले पनि भेटेका छन् ?

यूईएफए र कन्मेबोलद्वारा आयोजित खेलमा यूरो विजेताले आफ्ना दक्षिण अमेरिकी समकक्षीलाई भेटेको यो तेस्रो पटक हुनेछ । सन् १९८५  मा फ्रान्सले पेरिसमा उरुग्वेलाई २ -० ले हराएको थियो  ।  आठ वर्ष पछि अर्जेन्टिनाले घरेलु मैदान मार डेल प्लाटामा डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । अर्जेन्टिनाले दोश्रो पटक फाइनालिसिमा खेल्न गईरहेको  छ । 

Italy win Euro 2020 final - Global Times

इटालीविरुद्ध अर्जेन्टिना हेड टू हेड:

यी दुई राष्ट्र बिचको इतिहास हेर्ने हो भने इटाली अर्जेन्टिनामाथि थोरै हाबी देखिन्छ । दुई टोलीबीच भएका १६ मध्ये ६ खेलमा इटालीले जित निकालेको छ। अर्जेन्टिनाले इटालीविरुद्ध ५ जित हात पारेको छ भने ४ खेल बराबरीमा सकिएको छ ।

तर, अर्जेन्टिना सन् १९८९ यता इटालीसँग हारेको छैन । एकप्रकारले आधुनिक फुटबलमा इटालीमाथि अर्जेन्टिना हाबी देखिन्छ । पछिल्ला ४ भेटमा लगातार अर्जेन्टिनाले इटालीलाई हराएको छ । 

दुई फुटबलका दिग्गज राष्ट्रहरू बीचको अघिल्लो भेट २०१८ मा भएको थियो र अर्जेन्टिनाले त्यो खेलमा २-०  को जित दर्ता गर्न सफल भएको थियो । इटाली त्यो दिन एकदमै कमजोर देखिएको थियो तर विश्वकप गुमाउँदाको पीडा बिर्सिन पनि आज उसले अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ ।

इटाली पछिल्ला पाँच खेल :  २ जित - १ हार - २ बराबरी

अर्जेन्टिना पछिल्ला पाँच खेल : ३ जित  - २ बराबरी 

इटालीविरुद्ध अर्जेन्टिना टिम जानकारी :

इटाली:

डोमेनिको बेरार्डी, सिरो इमोबिल, फेडेरिको किएसा र गेटानो क्यास्ट्रोभिली घाइते छन् र यस खेलका लागि उपलब्ध हुनेछैनन् । जर्जियो कीएलिनीलाई टोलीमा समावेश गरिएको छ । उनको अज्जुरीको लागि खेल जीवनको अन्तिम उपस्थिति हुनेछ ।

घाइते: डोमेनिको बेरार्डी, सिरो इमोबिल, फेडेरिको चिएसा, गेटानो कास्ट्रोभिली, राफेल तोलोई

इटाली सम्भावित सुरुआती- ११ (४-३-३) : जियानलुइजी डोनारुम्मा, इमर्सन, जर्जियो कीएलिनी, लियोनार्डो बोनुची, जियोभन्नी डि लोरेन्जो, जर्जिन्हो, मार्को भेराट्टी, निकोलो बरेल्ला, निकोलो जानिलो, लोरेन्जो इन्सिग्ने, जियानलुका स्कामाका

अर्जेन्टिना:

यो खेल अगाडी अर्जेन्टिनाको एक मात्र चोटको चिन्ता भनेको क्रिस्टियन रोमेरोकै रहेको छ । उनले सामान्य चोट बोकेका थिए तर अन्तिम जानकारी के हुन्छ थाहा छैन । अन्य खेलाडी  लियोनेल मेस्सी, एन्जल डि मारिया, र लाउटारो मार्टिनेज यो खेलमा लाइनको नेतृत्व गर्न तयार छन् ।

घाइते: कोहि छैन 

अर्जेन्टिना सम्भावित सुरुआती-११ (४-३-३): एमिलियानो मार्टिनेज, मार्कोस अकुना, जर्मन पेजेला, निकोलस ओटामेन्डी, नहुएल मोलिना, गुइडो रोड्रिग्वेज, रोड्रिगो डी पाउल, जिओभानि लो सेल्सो, एन्जल डि मारिया, लियोनल मेस्सी, लउटारो मार्टिनेज 

COPA AMERICA: Read What Lionel Messi Said On Winning His First  International Trophy #CopaAmericaFINAL - Sports Extra

इटालीविरुद्ध अर्जेन्टिना नतिजा के हुन सक्छ ?

अर्जेन्टिना हाल ३१ म्याचको अपराजित यात्रामा छ ।  पछिल्लो समय आश्चर्यजनक रूपमा लगातार उच्च लयमा रहेको छ । लियोनेल मेस्सी र लउटारो मार्टिनेज जस्ता खेलाडी फर्ममा हुँदा एक्लै खेल जिताउने सामर्थ्य राख्छन । उनिहरु दोश्रो पटक यो ट्रफी जित्ने यो महत्वपुर्ण अवसरको सदुपयोग गर्न चाहन्छन् ।

इटालीको कहानी फरक छ । युरोकप जित्ने बेलासम्म यो टोलि पनि अपराजित थियो । अहिले जुन लयमा अर्जेन्टिना छ त्यही लय इटालीको रहेको थियो । तर विश्वकपमा कसरि छनोट हुन सकेन त्यसले सबैलाई अचम्मित पारेको छ । यदि इटालीको दिन छ भने उसले एक झट्कामै अर्जेन्टिनालाई प्याक गर्न सक्छ ।  इटालीलाई यहि अप्रत्यासित नतिजाको लागि चिनिन्छ  । त्यसमाथि विश्वकपको लागि छनोट हुन नसकेको पीडामा जलिरहेको छ । यद्दपी अर्जेन्टिना अहिलेको उत्कृष्ट टोली हो त्यसैले अलिकति सम्भावना उसकै बलियो रहनेछ ।

अन्तिम नतिजा: इटाली १-२ अर्जेन्टिना  (खेलपाटी अनुमान)     

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP