काठमाडौं । क्रोएसियाका विंगर इभान पेरिसिच इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएका छन् ।
प्रिमियर लिग क्लब टोटेनहमले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गरेको हो ।
पेरिसिचले टोटेनहमसँग २ वर्षको सम्झौता गरेका छन् ।
३३ वर्षीय पेरिसिच २०१५ मा उल्फ्सवर्गबाट इन्टर आएका थिए ।
पेरिसिचले २०१९/२० को सिजन भने बायर्न म्युनिखबाट लोनमा खेलेका थिए ।