काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।
रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका बेन्जिमा प्लेयर अफ द सिजन घोषित भएका हुन्।
रियलले लिभरपुललाई १-० ले हराएर १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
३४ वर्षीय बेन्जिमाको यो पाँचौं च्याम्पियन्स लिगको उपाधि हो ।
बेन्जिमाले यस सिजन १२ च्याम्पियन्स लिग खेलका १५ गोल गरेका थिए ।
यस्तै रियलकै भिनिसियस जुनियर योङ प्लेयर अफ द सिजन घोषित भएका छन् ।
२१ वर्षीय जुनियरले फाइनलमा निर्णायक गोल गरेका थिए ।
उनले यस सिजन ४ गोल र ६ असिस्ट गरेका थिए ।
