काठमाडौं । थ्री स्टारका मिडफिल्डर मनग्य नकर्मी भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित भएका छन् ।
कोलकत्ता फुटबल लिग क्लब खिदिरपुरले मंगलबार मिडफिल्डर मनग्यलाई अनुबन्ध गरिएको जनाएको छ ।
मनग्यले खिदिरपुरसँग सिजनको अन्त्य सम्मका लागि सम्झौता गरेका छन्
नेपाली यू-१६ टोलीका सदस्य मनग्य सन् २०१८ मा थ्री स्टारमा आबद्द भएका थिए ।
काठमाडौंमा आयोजना भएको चौथो संस्करणको साफ यू-१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा खेल्ने नेपाली टोलीमा मनग्य रहेका थिए ।
सन् २०१९ को 'ए' डिभिजन लिगबाट उनले शीर्ष लिगमा डेब्यु गरेका थिए ।
सरस्वती युथ क्लबविरुद्धको खेलबाट उनले थ्री स्टारमा डेब्यु गरेका थिए । 