• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
समय, सिटी युगको 
हेम राज हमाल
मंगलबार, जेठ १७, २०७९ हेम राज हमाल
समय, सिटी युगको 
लिग उपाधि सहित खुसीयाली मनाउँदै म्यानचेस्टर सिटीका खेलाडी । फोटो : खेलपाटी ।

काठमाडौं ।  

र सधै झै एकपछि अर्को सिजन लगातार उत्कृष्ट बन्दै गैरहेको म्यानचेस्टर सिटीले समर्थकलाई यो सिजन पनि फुटबलको अनुपम रोमान्चकता प्रदान गर्न लोभ गरेन । म्यानचेस्टर यसैको लागि त परिचित छ ।

२०२१-२२ सिजनको अन्तिम दिन एस्टन भिल्लाबिरुद्द इतिहाद रंगशालामा खेल चलिरहँदा वातावरण अत्यन्तै तनाबपूर्ण थियो । ठ्याक्कै त्यस्तै, जस्तो १० बर्ष अगाडी थियो ।  

फुटबलमा केहि बिशेष पलहरू छन्, केहि क्षणहरू जुन सबै टोलीका समर्थकको दिमागमा सधैभरि बाँच्छन् । क्षणहरू जसले खेलको सारलाई परिभाषित गर्दछन् । 

१३ मे सन् २०१२ मा क्युपीआरविरुद्ध म्यानचेस्टर सिटीका लेजेण्ड खेलाडी सर्जियो अग्युरोले अन्तिम मिनेटमा गरेको प्रिमियर लिग विजयी गोल ती क्षणहरू मध्ये एक थियो । 

४४ वर्षमा पहिलो लिगको उपाधि जित्ने सिटीको सपना साकार पार्दै अर्जेन्टिनाका स्ट्राइकरले सिजनको अन्तिम गर या मर खेलमा चिर परिचित शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको मुखैबाट ट्रफी खोसेर क्लबको लोक कथामा सधैका लागि अमर रहे । सो गोल ९३ः२० को नामले प्रसिद्ध छ । 

विश्व प्रसिद्ध कमेन्टेटर मार्टिन टेलरले सो खेलमा भनेका थिए ‘म कसम खाएर भन्छु, तपाइले फेरी कहिल्यै यस्तो देख्नु हुनेछैन ।’

हुन पनि त्यो दिन विश्व फुटबलले जे देख्यो, त्यो असम्भव थियो । त्यो दिन सम्झिदा अझै पनि समर्थकको शरीर सिरिङ्ग हुन्छ। 

दश वर्षपछि प्रिमियर लिगको इतिहासमा १ सय ८४ गोलसहित सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बनेका अग्युरोको प्रतिमा सिटीको इतिहाद स्टेडियममा अनावरण गरिएको थियो । सारा म्यानचेस्टर सिटी समर्थक र सिंगो क्लब अग्युरोको त्यो गोलको दशौं बार्षिकी मनाइरहेका थिए । त्यो बेलाका टोलीका अधिकांश खेलाडीलाई सिटीले निमन्त्रणा पठाएर उत्सवमा सरिक हुन बोलाएको थियो । कार्लोस टेभेज, भिनसेन्ट कम्पनी, याया टुरे, मारियो बालोटेली, इडेन जेको, जाबालेटा, डी जोङ्, लेस्कट, डेविड सिल्भा, लगायतका पुर्व सिटी खेलाडी कोही भौतिक रुपमा प्रत्यक्ष र कोही अप्रत्यक्ष सहभागी भएर उत्सब मनाए । 

एक हप्तापछि इतिहादमा त्यहि क्षण पुनः दोहोरिदै थियो । ठ्याक्कै त्यस्तो नभएपनि केहि हदसम्म पक्का । 

एक दशक अघि ’’फेरी यस्तो कहिल्यै नदेखिने’’ कसम खाएका मार्टिन टेलर त्यो दिन पनि कमेन्ट्री गरिरहेका थिए । सिटी गर या मर को अवस्थामा लिभरपुलका पुर्व महान खेलाडी जेर्रार्डको नेतृत्वमा आएको भिल्लाबिरुद्द घरेलु दर्शकसामु १–० ले पछि परेको थियो । अन्तिम खेलमा लिग उपाधि जित्न उसलाई जित अत्यावश्यक थियो । इतिहादमा सबै कुराले १० बर्ष अघिको त्यही दृश्य बयान गरिरहेको थियो । यदि सिटीले यो खेल हाथ्र्यो भने लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्थ्यो । 

ग्वार्डिओलाले खेलको ६८ औं मिनेटमा बेर्नाडो सिल्भाको स्थानमा जर्मन मिडपिÞmल्डर इल्काय गुन्डोगनलाइ मैदान उतारे । यत्तिकैमा लिभरपुलकै पुर्व खेलाडी कौटिन्होले भिल्लाको तर्फबाट अर्को गोल ठोके । सिटी अब २–० ले पछि थियो । म्यानचेस्टर सिटीलाई २० मिनेटभित्र ३ गोलको आवश्यकता थियो । सबैलाई लाग्यो, सिटी उपाधि विहिन बन्नेछ । धेरै दिन भएको थिएन सिटीको लागि च्याम्पियन्स लिगको त्यो कालरात्रीमा रियल मड्रिडबाट नमिठो झट्का ब्यहोरेको । क्लब त्यो पिडाबाट उन्मुक्ति चाहन्थ्यो । तर कसरी ? 

भबिश्य कसैलाई थाहा हुदैन । अनुमान लगाउन सकिन्छ तर ठ्याक्क यहि हुन्छ भनेर दाबा गर्न मुस्किलनै हुन्छ । झन् खेलकुदमा त अहँ पक्कै सकिदैन । 

दबाबपूर्ण अवस्थामा ब्रिटिश महारथीले पाँच मिनेटको अन्तरमा ३ गोल गर्दै सारा फुटबल जगतलाई आश्चर्यचकित मात्र पारेन, दश बर्षअघिको इतिहासलाई पुनः दोहोर्यायो । 

अग्युरो घरमा यो खेल हेरिरहेका थिए । जब बिजयी गोल पश्चात गुन्डोगन खुसीले कुदिरहेका थिए,  उनीभित्र अग्युरो १० बर्ष अघिको आफुलाई भेटिरहेका थिए । यसको खुसी उनले ट्वीटरमा व्यक्त गरेका छन् । यो साँच्चै बिशेष दिन थियो । 

सायद मार्टिन टेलर गलत थिए । उनले त फेरी यस्तो कहिल्यै हुनेछैन भनेर कसम नै खाएका थिए । तर १० बर्ष पछि उनले फेरी त्यही किसिमको क्षणलाई लाइभमा बयान गर्नुपर्यो । ’तपाइलाई थाहा छ यो ’टिपिकल’ सिटी हो, उनीहरुले फेरी गरेर देखाए ।’

पेप ग्वार्डिओलाको यो टोलीले ५ बर्षको अन्तरालमा ४ लिग उपाधि हात पार्यो । भविष्यमा सन् २०२१÷२२ को म्यानचेस्टर सिटी एकदमै प्रभावशाली थियो भन्नु मात्र सानो कुरा हुनेछ । उनीहरूको तीव्र र विनाशकारी आक्रमण, बिना स्ट्राइकर ९९ लिग गोल गरेको तथ्य, केभिन डे ब्रुइन र बर्नार्डो सिल्भाको प्राविधिक क्षमता, लिभरपुल र चेल्सी दुवैलाई चारैवटा लिग भिडन्तमा रोकेको र पराजित गरेको तथ्य, डर्बीमा युनाइटेडबिरुद्दको सान, पीएसजी, एट्लेटिको र भिल्लाबिरुद्द देखाएको अन्तिम सम्म हार नमानेर लडिरहने चरित्र, यि धेरै कुराले च्याम्पियन्स लिगको पीडादायी बहिर्गमनका बावजुत यो सिजनको म्यानचेस्टर सिटीलाई अन्त्यसम्म याद गरिनेछ ।

टोलीको प्रदर्शन त एउटा पाटो मात्र हो । लोभलाग्दा खेलाडीको इमान्दारिताले यस क्लबलाई थप भाग्यशाली बनाएको छ । यसै सिजन प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडीको लगातार दोश्रो पटक अवार्ड फिल फोडेनले जिते । पछिल्लो पाँच बर्षयता संसारकै उत्कृष्ट खेलाडी मध्य एक रहेका केभिन डी ब्रुइनले प्रिमियर लिगमा यो सिजनको सबैभन्दा उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । ब्राजिलियन गोलकिपर एडर्सनले पनि सहकर्मीसंगै गोल्डेन ग्लोब्स बाँडे । सम्भवत रोड्रि आफ्नो करियरकै उत्कृष्ट लयमा छन् । पोर्चुगिच डिफेन्डर क्यान्सेलो दिन प्रतिदिन निखारिदै छन् । सिल्भा त यो टोलीको इन्जिन भैहाले । स्टर्लिङ्ग, गुन्डोगन, महारेजÞ, जिसस, जिन्चेन्कोहरु खुसी छन् । यद्यपि १÷२ जना यो विन्डोमा छाडेर जाने हल्ला छ, ज्याक ग्रिलिससँग क्लब आशाबादी छ । वाल्कर, नाथन एके, जोन स्टोन्स, रुबेन डियास, लापोर्ट बलियो खम्बा बनिरहेका छन् । 

’केहि मान्छेलाई हामीले खर्च गरेको पैसासँग गुनासो छ, तर आफ्नो टोलीलाई ठुलो स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने चाहना सबैको हुन्छ । सिटीको सफलतामा पैसा एउटा कारण अवश्य हुन सक्ला तर सबै होइन । यदि त्यस्तो हुन्थ्यो भने हालैका बर्षमा म्यानचेस्टर युनाइटेडले सिटीको भन्दा धेरै पैसा खर्च गरेको छ । खै त उसो भए सफलता ?  कुरा कति खर्च गर्यो भन्दा पनि कहाँ र कस्तो खेलाडीमा खर्च गर्यो भन्ने हो ।’ सिटीका सीईओ फेरान सोरियानोले केहि दिन अघि भनेका थिए ।

Image

एउटा प्रश्नले सधै सिटीको पिछा गर्छ र यो सिजन पनि गर्यो ’च्याम्पियन्स लिग ?’ 

पेप ग्वर्डिओलाले एकपटक भनेका थिए ’म्यानचेस्टर सिटीलाई सबैभन्दा बढी आवश्यक छ, च्याम्पियन्स लिगको ट्रफी, तर यो सजिलै आउदैन । सिटीले अवश्य प्रयास गरिरहेको छ, प्रत्यक चोटी नयाँ अनुभव बटुलिरहेको छ । यो नै अहिलेको लागि राम्रो हो । सिटीले च्याम्पियन्स लिग जित्न हतार गर्दैन, नत्र फेरी मान्छेहरु भन्ने छन् सिटीले खेलाडीको मेहनतले नभई पैसाले जित्यो ।’

म्यानचेस्टर सिटीको गएको सिजन अर्को महत्वपुर्ण सफलता अहिलेका जल्दाबल्दा स्ट्राइकर एर्लिङ हालान्डलाई डर्टमण्ड र जुलियन अल्भारेजलाई रिभर प्लेटबाट भित्र्याउन सक्नु पनि मानिन्छ । विश्वका ठुला र बलिया क्लबसँगको प्रतिस्पर्धामा सिटीले बाजी मारेको छ । आउने सिजन यो टोलीले कस्तो प्रदर्शन गर्ला अहिलेबाट नै समर्थकको खुल्दुली बढिसक्यो । 

“हालान्ड सम्भवत उनको उमेरमा विश्वको सबैभन्दा राम्रो नम्बर नौ हुन् । अर्को १०–१५ वर्षलाई हेरेर हामीले भविष्यको लागि युवा स्ट्राइकरमा लगानी गरेका छौ । हालान्ड नर्वेमा हुँदा सुरुका दिनदेखि र डर्टमन्डमा गएको चार पाँच वर्षदेखि हाम्रो रडारमा थिए । हामीले उनको प्रगतीलाई पछ्याउँदै आएका छौं र उनी धेरै प्रतिभाशाली, उच्च गुणस्तरको, उच्च क्षमताका युवा खेलाडी हुन् । उनको बिकासलाई नजिकबाट हेरिरहेका छौं । संसारको सबैभन्दा रोमाञ्चक स्ट्राइकरको रुपमा ।’  

'विश्वका हरेक ठूला टोलीले हालान्डलाई अनुबन्ध गर्न चाहन्थे र हामी खुसी छौं कि उनले  म्यानचेस्टर सिटी रोजे । यो यस क्लबमा भइरहेको महान कार्यको प्रमाण हो । यो टोली र हालान्डको गुणस्तरको प्रमाण हो । उनी एक राम्रो खेलाडी मात्र होइन एक स्मार्ट खेलाडी पनि हुन् । उनले व्यावसायिक रूपमा विकास गर्न सक्ने सम्भावना देखे । क्लबका समर्थकसँग पनि उनि जोडिएका छन् आफ्नो बुवा जस्तै ।' सिटीका अध्यक्ष खल्दुन अल मुबारक यो भनिरहँदा खुसि देखिन्छन् । 

'जुलियन अल्भारेजलाई हेर्नुहोस्, यो हाम्रो स्काउटिंग टोलीको कडा परिश्रमको उदाहरण हो । धेरै हप्ता र महिनाको फलोअप र विश्लेषणको प्रतिफल हो । हामी सही समयमा सही निर्णय लिन्छौं । जनवरी वा समर विन्डोमा धेरै लेनदेन हुन्छ । हाम्रो प्राथमिकता पनि सकेसम्म चाँडो डिल डन गर्नु हो । मलाई लाग्छ कि हामीले दक्षिण अमेरिकामा सबैभन्दा प्रतिभाशाली युवा स्ट्राइकर भेट्टाएका छौं । सर्जियो अग्युरो हुन् वा अल्भारेज ।' उनी थप्छन् ।   

म्यानचेस्टर सिटी महादानी छ । चाहेको खेलाडीमा खुलेर खर्च गर्छ । आजसम्मको उसको ट्रान्सफर मार्केटको पर्फर्मेन्स हेर्ने हो भने प्रतिद्वन्दीले आरोप लगाइरहेको पैसाको उसले सहि सदुपयोग गरेको देखिन्छ । खेलाडीलाई सकेसम्म क्लबमै राख्नको लागि हर प्रयास सिटीको बोर्डले गर्छ । त्यसैले पनि विश्वको सबैभन्दा कठिन मानिने प्रिमियर लिगका पछिल्ला ५ मध्ये ४ उपाधि त जितिसकेको छ ।

तर फेरी त्यहि प्रश्न दोहोरिन सक्छ, ’च्याम्पियन्स लिग कहिले त ?’   

हाहाहा तपाइलाई थाहा छ, अहिलेसम्म म्यानचेस्टर सिटी युरोपमा सधै ’अर्को बर्षको’ (नेक्सट इयर्स क्लब) हो ।

समर्थक, खेलाडी, प्रशिक्षक, स्टाफ, बोर्ड र सिंगो क्लबले तपाईलाई यहि उत्तर दिन्छ ।

‘अब अर्को बर्ष’ 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP