काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत अन्तिम चरणको एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले परिवर्तन गर्दै सार्वजनिक गरेको अन्तिम चरणको खेल तालिका अनुसार एक खेल रंगशालामा हुने भएको हो ।
'बी' डिभिजन लिगमा बढुवा नजिक रहेका आरसी ३२ फुटबल एकेडेमी र स्पोर्ट्स एकेडेमी संघबीचको खेल रंगशालामा हुनेछ ।
यस्तै अर्को बढुवा नजिक रहेको प्लानिङ ब्वाइज युनाईटेड र ओसिस क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
आरसी र प्लानिङले खेल्ने खेल शुक्रबार अपरान्ह १२:३० बजे हुनेछ ।
२८ अंक जोडेको प्लानिङ दोस्रो स्थान रहेको छ । समान अंक जोडेको आरसी ३२ तेस्रो स्थानमा रहेको छ ।
झापा फुटबल क्लब 'बी' डिभिजनमा बढुवा भईसकेको छ । अब प्लानिङ र आरसी मध्ये एक टोलीले 'बी' डिभिजनमा स्थान बनाउने छन् ।
यस्तै विरगंज युथ एकेडमी र ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।
