काठमाडौं । च्याम्पियन्स लिग फुटबलको टिम अफ द सिजन सार्वजनिक भएको छ ।
यूईएफएको टेक्निकल प्यानलले २०२१/२२ को टिम अफ द सिजन सार्वजनिक गरेको हो ।
टिमको गोलकिपरमा थिबाउट कोर्टुवा रहेका छन् ।
यस्तै डिफेन्डरमा एन्टोनियो रुडिगर, एन्डी रोबर्टसन, भान डाइक र एलेक्सजेण्डर आर्नोल्ड छन् ।
मिडफिल्डरमा लुका मोड्रिच, फाबिन्हो र केभिन डी ब्रुएना रहेका छन् ।
फरवार्डमा करिम बेन्जिमा,केलियन एमबाप्पे र भिनियस जुनियर रहेका छन् ।
