टी-ट्वान्टीको महिला वरीयतामा नेपालका ५ खेलाडी
मंगलबार, जेठ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित पाँच खेलाडी परेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका पाँच खेलाडी परेका हुन् ।
वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् ।
टी-ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छिन् ।
यस्तै ज्योति पाण्डे ८० औं र इन्दु वर्मा ९९ औं स्थानमा रहेकी छिन् ।
बलिङ वरीयतामा कविता कुँवर ६१ औं स्थानमा छिन् । कप्तान रुबिना बलिङ वरीयताको ७१ औं र सिता ७५ औं स्थानमा छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ।
टी-ट्वान्टीको महिला वरीयतामा नेपालका ५ खेलाडी








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






