नुनो पीएसजीका स्थायी खेलाडी
मंगलबार, १७ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पोर्चुगिज डिफेन्डर नुनो मेन्डेसलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
पीएसजीले नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ सिपिबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
१९ वर्षीय डिफेन्डरले पीएसजीसँग २०२६ सम्मको सम्झौता गरेका छन् ।
पीएसजीले ४० मिलियन युरोमा नुनोलाई अनुबन्ध गरेको हो ।
युवा डिफेन्डर नुनो गत सिजन लोनमा पीएसजी आएका थिए ।

नुनो पीएसजीका स्थायी खेलाडी












-1775932166938.webp&w=3840&q=75)