पाकिस्तान र वेस्ट इन्डिजबीचको सिरिज मुल्तानमा हुने
मंगलबार, जेठ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज रावलपिन्डीबाट सरेको छ ।
अब पाकिस्तान र वेस्ट इन्डिजबीचको सिरिज मुल्तानमा हुनेछ ।
रावलपिन्डीसँग जोडिएको इस्लामाबादमा हुने राजनीतिक अनिश्चिततालाई मध्यनजर गर्दै सिरिजको ठाउ सारिएको हो ।
क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत पाकिस्तान र वेस्ट इन्डिजबीच तीन खेलको सिरिज हुनेछ ।
पहिलो खेल जुन ८ मा हुनेछ । यस्तै दोस्रो खेलमा जुन १० र अन्तिम खेल जुन १२ मा हुने तालिका रहेको छ ।
सिरिजका लागि पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।
पाकिस्तान र वेस्ट इन्डिजबीचको सिरिज मुल्तानमा हुने








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






