काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत अन्तिम चरणको खेल तालिका परिवर्तन गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार अन्तिम चरणको खेल तालिका परिवर्तन भएको जनाएको छ ।
परिवर्तित तालिका अनुसार 'बी' डिभिजन लिगमा बढुवा नजिक रहेका प्लानिङ ब्वाइज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमीले खेल्ने खेल एकै दिन र एकै समयमा राखिएको छ ।
प्लानिङले अन्तिम खेलमा ओसिस क्लबसँग खेल्नेछ । यस्तै आरसीले स्पोर्ट्स एकेडेमी संघसँग खेल्नेछ । यस खेलहरु जेठ २० गते हुनेछ ।
२८ अंक जोडेको प्लानिङ दोस्रो स्थान रहेको छ । समान अंक जोडेको आरसी ३२ तेस्रो स्थानमा रहेको छ ।
झापा फुटबल क्लब 'बी' डिभिजनमा बढुवा भईसकेको छ । अब प्लानिङ र आरसी मध्ये एक टोलीले 'बी' डिभिजनमा स्थान बनाउने छन् ।
यस्तै विरगंज युथ एकेडमी र ओसिस क्लब रेलिगेसनमा परिसकेको छ । 