काठमाडौं । मोन्जा इटालियन सिरी ए फुटबलमा बढुवा भएको छ ।
सिरी बी को प्ले अफ फाइनलमा पिसालाई समग्रमा ६-४ ले हराउँदै मोन्जा बढुवा भएको हो ।
प्ले अफ फाइनलको दोस्रो लेगमा आइतबार राति १० खेलाडीमा सिमित मोन्जाले पिसालाई ४-३ ले हराएको थियो ।
पहिलो लेगमा मोन्जाले २-१ को जित निकालेको हो ।
क्लबको ११० वर्षे इतिहासमा मोन्जा पहिलो पटक शीर्ष डिभिजनमा बढुवा भएको हो ।