यू-१९ क्रिकेट टोलीलाई पाकिस्तानी राजदूतावासको सहयोग
सोमबार, जेठ ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप छनोट खेल्ने नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई पाकिस्तानको राजदूतावासले क्रिकेट खेल सामाग्री सहयोग गरेको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले सोमबार यू-१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरे ।
पाकिस्तान राजदूतावासमा आयोजित एक कार्यक्रमका राजदूत साहले खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशनकुमार सिंह, कार्यकारिणी सदस्य दुर्गाराज पाठक र महाप्रबन्धक ब्रितान्त खनालको उपस्थिति रहेको थियो ।
यू-१९ क्रिकेट टोलीले मलेसियामा आयोजना हुने छनोट खेल्ने छन् । छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।
छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।

यू-१९ क्रिकेट टोलीलाई पाकिस्तानी राजदूतावासको सहयोग








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





