काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अन्तिम लिग खेलमा पन्जाब किङ्सले जित निकालेको छ ।
मुम्बईमा आइतबार राति पन्जाबले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो ।
हैदरावादले दिएको १ सय ५८ रनको लक्ष्य पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
पन्जाबका लागि लियाम लिभिङस्टोनले अविजित रहदै ४९ रन जोडे । शिखर धवनले ३९ रन जोड्दा जोनी बेयर्स्टोले २३ रन बनाए ।
हैदरावादका फाजल्हक फारुकीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो ।
हैदरावादका अविशेक शर्माले ४३ रन जोड्दा रोमारियोले अविजित २६ रन जोडे । वासिङ्गटन सुन्दरले २५ रन जोडे ।
पन्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३/३ विकेट लिए ।
यस जितसँगै पन्जाबले १४ खेलमा १४ अंक जोड्यो ।
पन्जाब छैटौं स्थानमा रह्यो ।
हैदरावाद १२ अंक जोडेर आठौं स्थानमा रह्यो ।