रोहित पौडल उपकप्तान नियुक्त
बिहिबार, जेठ ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । रोहित कुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा नियुक्त गरेको हो ।
यस अघि नेपाली टोलीको उपकप्तान दिपेन्द्र सिंह ऐरी रहेका थिए ।
क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिज अघि पौडेललाई उपकप्तान नियुक्त गरेको हो ।
नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
आगामी जुनमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
यस अघि क्यानले राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन गर्दै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो ।

#रोहित पौडल










-1762856022963.jpg&w=3840&q=75)




