काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङसलाई ५ विकेटले हराएको हो ।
चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा तिलक वर्माले अविजित रहदै ३४ रन बनाए ।

कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । टिम डाभिड १६ रनमा अविजित रहे ।
चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ३६ रन बनाए ।

ड्वाने ब्राभोले १२ रन जोड्दा अम्बाती रायडु र शिवम डुबे समान १० रनमा आउट भए ।
मुम्बईका डानिल साम्सले ३ विकेट लिए । रिले मेरीदिथ र कुमार कार्तिक्यले २/२ विकेट लिए ।
जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ ।
मुम्बई पुछारमा रहेको छ ।
चेन्नई १२ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
