काठमाडौं । नेप्लिज क्यानेडियन क्रिकेट क्लबले २०२२ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
नेप्लिज क्यानडियन क्रिकेट क्लबले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ । जसका लागि क्लबले दुई फरक जर्सी सार्वजनिक गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष दिपक गौतम, एनसीएनसी अध्यक्ष नरबहादुर क्षेत्री, एनसीसी कर्णालीका प्रायोजक इर्दब भट्टराई, अतुल सुवेदी, भास्कर झाले संयुक्त रुपमा कर्णाली जर्सी सार्वजनिक गरेका थिए ।
त्यसैगरी एनसीसीएसीसीका अध्यक्ष गोपी काफ्ले, एनआरएनए – आईसीसी सदस्य श्री गिरी बुढाथोकी, सीएससी निर्देशक धुन्डी पाण्डे र एनसीसीसी कोशी प्रायोजक आशिर्वाद सुवेदी, श्री भूमि घिमिरे र अमरस्क विकले संयुक्त रूपमा कोशीको जर्सी सार्वजनिक गरेका थिए।
एनसिसी कोशी जर्सी कार्यक्रममा विभिन्न सामुदायिक संस्थाका अगुवाहरू र एनसिसी प्रायोजकहरूले एनसिसीको कामको प्रशंसा गर्दै भविष्यमा निरन्तर सहयोग गर्ने आश्वासन दिए।