काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ ।
मुम्बईमा आइतबार भएको खेलमा बैंगलोरले सनराईजर्स हैदरावादलाई ६७ रनले हराएको हो ।
बैंगलोरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो ।
हैदरावादका राहुल त्रिपाठीले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा एडिनले २१ रन जोडे । निकोलस पुरनले १९ रन जोडे ।

बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भाले ५ विकेट लिए । जोस हाजलउडले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
बैंगलोरका कप्तान फाप डु प्लेसिसले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ खेले ।

रजत पटीदारले ४८ रन जोड्दा ग्लेन म्याक्स्वेलले ३३ रन बनाए । दिनेश कार्तिक ३० रनमा अविजित रहे ।
हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।
जितसँगै बैंगलोरले १२ खेलमा १४ अंक जोडेको छ ।
बैंगलोर चौंथो स्थानमा रहेको छ ।
छैटौं स्थानको हैदरावादले ११ खेलमा १० अंक जोडेको छ ।
