युभेन्ट्स फाइनलमा
बिहिबार, बैशाख ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-० गोलको जित निकाल्दै युभेन्ट्स फाइनल पुगेको हो।
दोस्रो लेगको जितसँगै युभेन्ट्सले समग्रमा ३-० को जित निकालेको हो । पहिलो लेगमा युभेन्ट्सले १-० को जित निकालेको थियो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
अब युभेन्ट्सले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।
युभेन्ट्स फाइनलमा












-1763309767672.webp&w=3840&q=75)
