काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
बुधबार राति भएको खेलमा चेल्सीलाई आर्सनलले ४-२ गोल अन्तरले हराएको हो ।
चेल्सी घरेलु मैदानमै पराजित भएको हो ।
खेलको १३ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको २७ औं मिनेटमा एमिल स्मिथ रोवेले गोल गरेपछि आर्सनल २-१ ले अघि रह्यो ।

खेलको ३२ औं मिनेटमा सेजर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीलाई २-२ को बराबरीमा ल्याए ।
५७ औं मिनेटमा एड्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले ३-२ को अग्रता बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाए ।
यस जितसँगै आर्सनलले ३२ खेलमा ५७ अंक जोडेको छ ।
आर्सनल पाँचौं स्थानमा रहेको छ ।
चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।