काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो ।
रियललाई जित दिलाउन डेभिड अलबा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे ।
ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा अलाबाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
१३ औं मिनेटमा बुडीमिरले गोल गर्दै ओसासुनालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४५ औं मिनेटमा एसेन्सियोले गोल गरेपछि रियल २-१ ले अघि रह्यो ।
खेलको ५२ औं र ५९ औं मिनेटमा रियलका करिम बेन्जिमा पेनाल्टीमा गोल गर्न चुके ।
त्यसपछि खेलको इन्जुरी समयमा लुकासले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
यस जितसँगै रियल उपाधि नजिक पुगेको छ ।
रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता रहेको छ ।
शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ ।
ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।