भरतपुर । स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा के.बी.ए ग्लोबल बीएफसीले जित निकालेको छ ।
बुधबार भएको खेलमा बीएफसीले शारदा युवा क्लबलाई ५-१ ले हराउँदै टाइगरले सुखद सुरुआत गरेको हो ।
बीएफसीको जितमा राज भुसालले ह्याट्रिकसहित ४ गोल गरे । राज खेलको म्यान अफ दि म्याच चुनिए ।
यस्तै सुरेश कुमालको नाममा एक गोल रह्यो ।
शारदाका युकेश गुरुङले एक गोल फर्काए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।