काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेलले ओसासुनाविरुद्धको खेल गुमाउने भएका छन् ।
रियलले बुधबार एक विज्ञप्ति निकाल्दै बेलले ओसासुनाविरुद्धको खेल गुमाउने जनाएको छ ।
ला लिगा अन्तर्गत रियलले आज राति ओसासुनाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
रियल ला लिगाको उपाधितर्फ अग्रसर रहेको छ ।
शीर्ष स्थानको रियलले ७५ अंक जोडेको छ ।