काठमाडौं । कतार विश्वकप अघि ब्राजिल र अर्जेन्टिनाबीच आगामी जुन महिनामा अष्ट्रेलियामा प्रतिस्पर्धा हुने भएको छ ।
मेलबर्न क्रिकेट मैदानमा हुने ब्राजिल र अर्जेन्टिनाबीचको खेल जुन ११ गते हुनेछ ।
भिक्टोरिया सरकारले बुधबार ब्राजिल र अर्जेन्टिनाबीचको खेलको मिति सार्वजनिक गरेको हो ।
भिक्टोरिया सरकारले बिहीबारबाट टिकट बिक्री गर्ने समेत जनाएको छ ।
यस खेल फिफा विश्वकप छनोट अन्तर्गत सेप्टेम्बरमा स्थगित खेलको 'री-म्याच' रहेको बताईएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत गत सेप्टेम्बरमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको थियो । कोभिड-१९ को कारण खेल सुरु भएको केहि मिनेटपछि नै खेल स्थगित गरिएको थियो ।
ब्राजिलका स्वास्थ्य अधिकारीले अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि ब्राजिलको राजधानीमा जारी खेल स्थगित गरिएको थियो ।