काठमाडौं । अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने संकेत दिएका छन् ।
पीएसजीका समर्थकहरु मुख्य प्रशिक्षक पोचेटिनोसँग सन्तुष्ट छैनन् । तर, पोचेटिनोले भने पीएसजीमा बस्ने चाहना व्यक्त गरेका छन् ।
फ्रेन्च लिग वान अन्तर्गत एन्जर्सविरुद्धको खेलअघि पोचेटिनोले सम्झौता थप्ने संकेत दिएका हुन् ।
पीएसजीले आज राति एन्जर्सविरुद्ध खेल्दैछ । एन्जर्सविरुद्धको खेल जितेमा पीएसजीले उपाधि आफ्नो बनाउनेछ ।
पीएसजीसँग पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको छ ।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।