फुलहम प्रिमियर लिगमा बढुवा
बुधबार, बैशाख ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियनसिप क्लब फुलहम प्रिमियर लिगमा बढुवा भएको छ ।
मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै फुलहम बढुवा भएको हो ।
फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै बढुवा भएको हो । फुलहम गत सिजन रेलिगेसनमा परेको थियो ।
फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे।
यस्तै फाबियो कार्भाल्होले एक गोल थपे ।
यस जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेको छ ।
फुलहम शीर्ष स्थानमा रहेको छ ।
प्रिस्टन ५८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
फुलहम प्रिमियर लिगमा बढुवा






-1763309767672.webp&w=3840&q=75)






