काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३-० गोलको जित निकाल्दै इन्टर फाइनल पुगेको हो।
मिलान डर्बी भिडन्तमा इन्टरले समग्रमा ३-० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो लेगमा इन्टरको जितमा लाउटरो मार्टिनेज नायक बने ।
खेलको चौंथो मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए ।

४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा रोबिन गोन्सेनले गोल गर्दै इन्टरलाई ३-० को सहज जित दिलाए ।
अब इन्टरले उपाधिका लागि युभेन्ट्स र फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ ।