आयोजक वनदेवी सेमिफाइनलमा
धनगढी । आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा कालिका स्पोर्टस एकेडेमी चितवनलाई २-० ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो ।
आयोजकलाई जित दिलाउन चन्द्रा भण्डारीले दुबै गोल गरिन् ।
छैटौं मिनेटमा चन्द्राले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाईन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी वनदेवीकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् ।
अब वनदेवीले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।
त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।






-1763309767672.webp&w=3840&q=75)






