टाइगर युवा क्लब विजयी
मंगलबार, बैशाख ६, २०७९खेलपाटी संवाददाता

भरतपुर । स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा टाइगर युवा क्लबले जित निकालेको छ ।
मंगलबार भएको खेलमा टाइगरले सेन्ट्रल कलेज एभरेस्ट क्लबलाई २-१ ले हराउँदै टाइगरले सुखद सुरुआत गरेको हो ।
टाइगरको जितमा बिक्की चाम्लिङ राई र सुजन श्रेष्ठले एक एक गोल गरे । सुजन खेलको म्यान अफ दि म्याच चुनिए ।
सेन्ट्रलका सन्देश तामाङले एक गोल फर्काए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।
टाइगर युवा क्लब विजयी






-1763309767672.webp&w=3840&q=75)






