मैत्रीपूर्ण फुटबलमा सेनासँग पत्रकारको टोली पराजित
काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवशको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको टोलीले रक्षा संवाददाताको टोलीलाई पराजित गरेको छ ।
सैनिक मैदानमा भएको मैत्रीपूर्ण खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोश्रो हाफमा सेनाले थप ६ गोल गर्यो । सेनाका लागि सेनानी विदुरध्वज अधिकार र सेनानी सौगात सिंह राठौरले २/२ गोल गरे।
महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे। पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे। जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन् ।
स्थापना दिवशको अवसरमा मैत्रीपूर्ण खेलसँगै विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो।






-1763309767672.webp&w=3840&q=75)






