रोनाल्डोले लिभरपुलविरुद्धको खेल गुमाउने
मंगलबार, बैशाख ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत युनाईटेडले आज राति लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा रोनाल्डो हुने छैनन् ।
युनाईटेडले रोनाल्डोले लिभरपुलविरुद्ध नखेल्ने पुष्टि गरेको छ ।
रोनाल्डो पुत्रशोकमा रहेका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ ।
रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका थिए ।
रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएका थिए ।
रोनाल्डोले छोराको मृत्यु भएको र छोरी जीवित रहेको जनाएका छन् ।
रोनाल्डोले लिभरपुलविरुद्धको खेल गुमाउने






-1763309767672.webp&w=3840&q=75)






